२१ फाल्गुण २०८२, बिहिबार
फार्मान्यूजनेपाल AI सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं-२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् ।
- सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् ।केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ ।
- झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी दिएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं-२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् ।
केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन् ।