२१ फाल्गुण २०८२, बिहिबार
फार्मान्यूजनेपाल AI सारांश
- सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ ।पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मा.वि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए ।
- उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको विषयमा विवाद भएको थियो ।विवाद हुँदा केही समय मतदान समेत रोकिएको थियो ।अहिले भने मतदान सुरु भएको प्रहरीको केन्द्रीय निर्वाचन सेलले जनाएको छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मा.वि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए । उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको विषयमा विवाद भएको थियो ।
विवाद हुँदा केही समय मतदान समेत रोकिएको थियो ।
अहिले भने मतदान सुरु भएको प्रहरीको केन्द्रीय निर्वाचन सेलले जनाएको छ ।