२३ फाल्गुण २०८२, शनिवार
फार्मान्यूजनेपाल AI सारांश
- प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नं ५ को मतगणना जारी छ।
- सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पारेका छन् ।पछिल्लो विवरण अनुसार बालेन शाहले ३४,८६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले ९,०६८ मत मात्र प्राप्त गरेका छन्।शाह एमाले अध्यक्ष ओलीभन्दा २५,७९५ को विशाल मतान्तरले अगाडि देखिएका छन्।त्यस्तै, तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ्ग रहेका छन् ।
झापा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नं ५ को मतगणना जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पारेका छन् ।
पछिल्लो विवरण अनुसार बालेन शाहले ३४,८६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले ९,०६८ मत मात्र प्राप्त गरेका छन्।
शाह एमाले अध्यक्ष ओलीभन्दा २५,७९५ को विशाल मतान्तरले अगाडि देखिएका छन्।
त्यस्तै, तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ्ग रहेका छन् । उनले ५,६४५ मत प्राप्त गरेका छन् ।